०३ साउन २०८३, आइतबार

विदेशी पर्यटकका लागि हट्यो क्वारेन्टाइन प्रावधान, यस्तो छ नयाँ व्यवस्था

विदेशी पर्यटकका लागि हट्यो क्वारेन्टाइन प्रावधान, यस्तो छ नयाँ व्यवस्था
फाइल तस्वीर

दुई वर्षपछि सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टाइनको व्यवस्था हटाएको छ।

सरकारले कोभिड विरुद्धको खोप लगाइसकेका विदेशी पर्यटकका लागि यो व्यवस्था लागु गरेको हो।

सरकारले विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सहजताका लागि अनअराइभल भिसाको व्यवस्थामा थप सहज बनाएको  छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अनअराइभल भिसा र खोप लगाइसकेका विदेशी पर्यटकको हकमा क्वारेन्टाइनको व्यवस्था हटाउने निर्णय गरेपछि पर्यटन मन्त्रालयले सूचना जारी गरेको छ।

मन्त्रालयले जारी गरेको पत्र अनुसार कोभिडको खोप नलगाएका विदेशी यात्रुको हकमा नेपाल आएपछि आफ्नै खर्चमा अनिवार्य १० दिनको क्वारेन्टाइन बस्नुपर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्