३१ जेठ २०८३, आइतबार

थप १ हजार २३९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

थप १ हजार २३९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १५ हजार २४३ जनामा परीक्षण गर्दा आरटी–पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना निको भएर थप १ हजार ३२४ संक्रमित डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको कूल संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ ।

बिहीवार देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । 

कोरोनाले थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ७२ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्