वार्ता र संवादबाट संसदको समस्या समाधान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

वार्ता र संवादबाट संसदको समस्या समाधान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गरेका छन् । 


Advertisement

राष्ट्रियसभाको बिहीबारको बैठक शुरू भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गर्नु रोष्टमबाट आग्रह गरेका हुन्। 


Advertisement

`माननीय सदस्यहरु यहाँहरूले आफ्नो कुरा राखिराख्नु भएको छ। राष्ट्रले र सबैले यो सुनेको पनि छ,´ बैठकको सुरुमा एमाले सांसद कोमल वलीले संसद चल्न नसक्ने बताएपछि उहाँले भन्नुभयो, `वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसदलाई नियमित चल्न दिनु नै उपर्युक्त हुन्छ ।´ 

राष्ट्रिय सभाको आजको बैठकले एमालेको अवरोधका बीच  प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्