३० जेठ २०८३, शनिबार

मोबाइल चोरीको आरोपमा २ जना पक्राउ

असोज ७, २०७८
मोबाइल चोरीको आरोपमा २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।

दिनलाई घटनास्थलबाटै र घटनामा संलग्न रहेको आरोपमा कुरेसीलाई खोजतलास गर्दै जाँदा बर्दिया बढैयाताल गाउँपालिका–३ भोलागौडी बजार नजिकबाट चोरी भएका ४ मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताए ।

पक्राउ परेका दुवै जनालाई बर्दिया जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान शुरू गरिएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्