×

NMB BANK
NIC ASIA

बसपार्कमा ट्राफिक प्रहरीको ‘यात्रु सहायता कक्ष’ सञ्चालन

असोज ७, २०७८

NTC
Premier Steels

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्घाटन गरी बिहीवारदेखि विधिवत रूपमा सेवा दिन शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी अधिकृत, स्थानीय प्रहरी, यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, लोत्से बहुउद्देश्य प्रालिका अध्यक्ष, ट्राफिक स्वयंसेवक, विभिन्न संघसंस्थाका प्रतिनिधि र यात्रु वर्गको उपस्थिति रहेको थियो ।


Advertisment
Nabil box
Kumari

‘टिकट सम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने योजना स्वरूप नयाँ बसपार्कमा कक्ष स्थापना गरी शुरू गरेका हौं, यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यका साथ कक्ष शुरू गरिएको छ,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले भने ।

Vianet communication

उनले दशैं मान्न उपत्यका छाडी आ–आफ्नो थातथलो फर्किने यात्रुलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकट लगायत अन्य यातायात सम्बन्धी समस्यालाई सहजता दिलाउन कक्षले काम गर्नेछ ।

कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षा सम्बन्धी सुसुचित गराउने, जनचेतनामूलक पर्चापम्प्लेट वितरण गर्नेछ । कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरी स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न समेत कक्षले सचेत गराउने एसएसपी भट्टराईले जानकारी दिए ।

यात्रु सहायता कक्ष भएका स्थानमा निःशुल्क मास्क वितरण समेत हुनेछ । 

महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढी भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्नेछ । बिहीवारबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरू भएको छ । आइतवारसम्म सातदोबाटो, कलंकी, नागढुंगा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङमा कक्ष राखी सञ्चालनमा ल्याइने जानकारी महाशाखाले दिएको छ ।

दशैंमा घर जान लामो तथा मझौला दूरीका अग्रिम टिकट बुकिङ खुला हुने हुँदा त्यस्ता स्थानमा यात्रुको भीडभाड र हुनसक्ने समस्यालाई समाधान गर्न कक्षहरू सक्रिय भई काम गर्नेछन् ।

कक्षले फर्जी टिकट बेच्ने र डबल टिकट काट्ने, टिकट कालोबजारी गर्ने, यात्रुलाई सास्ती दिने अनधिकृत व्यक्तिहरूमाथि निगरानी गर्ने, पकेटमार लगायतका गतिविधि निगरानी गर्न छुट्टै सादा पोशाकमा समेत ट्राफिक प्रहरीको टोली परिचालन गरिने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजीव शर्मा दासले बताए ।

चाडपर्वमा उपत्यकाबाट बाहिर जाने यात्रुको सहजताका लागि उपत्यकाको टिकट काउन्टर रहेका विभिन्न स्थानमा प्रत्येक वर्ष दशैंदेखि छठसम्म यस्ता यात्रु सहायता कक्ष स्थापना गर्दै आएको प्रवक्ता दासले बताए ।

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र तथा यातायात व्यवसायी रहने छन् ।

चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीब्रगतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम समेत बढ्न सक्ने हुनाले त्यसलाई न्युनीकरण गर्न समेत सहायता कक्षले प्रभावकारी भूमिका खेल्ने महाशाखाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x