१३ असार २०८३, शनिबार

बच्चामाथि अचानक खस्यो पर्खाल, आमाले यसरी बचाइन्... [भिडियो]

असोज ८, २०७८
बच्चामाथि अचानक खस्यो पर्खाल, आमाले यसरी बचाइन्... [भिडियो]

एक आमालाई आफ्नो बच्चाप्रतिको माया वा प्रेम कतिसम्म हुन्छ ? 

यसको जवाफ हुन्छ, अथाहा हुन्छ वा अनगिन्ती हुन्छ । 

यहाँ एक आमा र उनको बच्चाप्रतिको प्रेम झल्कने एक घटनाबारे चर्चा गरिएको छ । 

अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । 

भिडियोमा आमा र छोरा एक पर्खाल छेउमा बसेर कुराकानी गरिरहेको जस्तो देखिन्छ । 

उनीहरूको अगाडि गाडी पार्किङ गरिराखेको दृश्य पनि भिडियोमा देखिन्छ । 

यत्तिकैमा एक्कासी पर्खाल भत्कन्छ । इँटाहरूले बनेको त्यो पर्खाल भत्किएपनि कुनै मानवीय क्षति हुँदैन । 

जसमा ती आमाको भूमिका निकै महत्वपूर्ण देखिन्छ । 

उनले भत्किरहेको पर्खाललाई केहीमात्रामा शरीरले छेक्दै आफ्नो बच्चाको ज्यान बचाउँछिन् र आफ्नो पनि ज्यान बचाउन उनी सफल हुन्छिन् ।

केही समयभित्रमै अलि पर रहेका एक मानिसले बच्चा र आमाको उद्दार गर्छ । 

सामाजिक सञ्जालमा भाइरल भइरहेको सो भिडियोमा आमा र बच्चाबीचको प्रेमको असीमितताबारे प्रतिक्रियाहरू आइरहेका छन् । 

The world needs mothers pic.twitter.com/g1tWtL9hmr

— Susanta Nanda IFS (@susantananda3) September 21, 2021text-align: justify;">
 

salt training

कमेन्ट गर्नुहोस्