३१ जेठ २०८३, आइतबार

डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
सांकेतिक तस्वीर।

डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

जिल्लाको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिका–१० बस्ने २३ वर्षीय रामसिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामी पक्राउ परेका हुन् ।

असोज ५ गते बलात्कार गरी भागेका उनीहरूलाइ इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्