३० जेठ २०८३, शनिबार

श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

असोज ८, २०७८
श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

श्रीलङ्काका अधिकारीहरूले शुक्रबारदेखि शारीरिकरूपमा अशक्तता भएका  १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ खोपहरू दिन थालेको बताएका छन् । 

श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार राजधानी कोलम्बोमा बालबालिकाका लागि ‘लेडी रिजवे अस्पताल’मा उत्तर–मध्य प्रान्तको अनुराधापुरा र उत्तरपश्चिमी श्रीलङ्काको कुरुनेगालामा खोप अभियान सञ्चालन गरिनेछ । सिल्भा भन्नुभयो, “चिकित्सकहरूको अवलोकनमा बालबालिकाहरूलाई फाइजर खोप दिन थालिएको छ ।” 

यो कार्यक्रम चाँडै देशभरिका सबै जिल्लाहरूमा लगिने सैनिक कमान्डरले बताए । आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्कामा जन्मजात रोग लागेका अनुमानित ५०,००० बालबालिकाहरू छन् जसलाई आगामी दिनहरूमा कोभिड–१९ भाइरस विरुद्ध खोप लगाइनेछ । 

श्रीलङ्का राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत छ र २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ । यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो । यहाँ एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुटनिक–भी लगाउन पनि अनुमति दिइएको छ । 

यस एशियाली मुलुकमा गत मार्च देखि हालसम्ममा कूल पाँच लाख १० हजार ५० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने  १२ हजार ४४८ जनाको मृत्यु भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्