×

NMB BANK
NIC ASIA

१८ वटा महापुराणमा ब्रह्माण्ड पुराण १८औंमा पर्छ । शिवपुराण उमासंहिताका अनुसार ब्रह्माण्डको विस्तृत व्याख्या भएकाले यस पुराणको नाम ब्रह्माण्ड पुराण रहेको हो ।

Muktinath Bank

भगवान्को अंग विग्रहमा यस पुराणलाई घाँटी मानिएको छ । अन्य पुराणहरू ब्रह्म पुराण, पद्म पुराण, विष्णु पुराण, शिव पुराण (कतै वायु पुराण पनि भनिएको छ), भागवत पुराण, नारद पुराण, मार्कण्डेय पुराण, अग्नि पुराण, भविष्य पुराण, ब्रह्मवैवर्त पुराण, लिङ्ग पुराण, वराह पुराण, स्कन्द पुराण, वामन पुराण, कूर्म पुराण, मत्स्य पुराण र गरुड पुराण क्रमशः प्रथमदेखि सत्रौंमा पर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि पुराण एउटै हुन्, जसलाई विद्वान्हरूले सृष्टिविद्या भनेका छन् । सृष्टिक्रम व्यक्त गर्ने क्रममा कार्यप्रकृति अनुसार १८ वटा नामकरण गरिएको हो । 


Advertisment
Nabil box
Kumari

गीताप्रेस गोरखपुरको पुराण कथांकमा उल्लेख भए अनुसार संसार ईश्वर अर्थात् परब्रह्मको खेल मानिएको छ । सृष्टिकर्ता पनि उनै हुन्, सृष्टिका आधार पनि उनै हुन् र संहारकर्ता पनि उनै हुन् । एउटै ब्रह्ममा जब एकबाट अनेक हुने ईच्छा जागृत हुन्छ, आफ्नै शरीर विस्फोट गरी विभिन्न रूप र रंगमा विभक्त हुन्छन् । उनलाई जतिबेलासम्म खेल्न मन लाग्छ, त्यतिबेलासम्म यस्तै रूपमा खेल्छन् र खेल्न पुगेपछि सारा सृष्टिलाई क्रमशः सृष्टिको उल्टो क्रमले आफैंमा समेट्दै शून्यमा विचरण गर्न थाल्छन् ।

Vianet communication
Laxmi Bank

यसैमध्येका सृष्टिक्रमलाई ब्रह्म पुराणले सम्यकरूपमा व्यक्त गर्ने काम गरेको छ । यसै अर्थमा नै यस पुराणलाई पहिलो पुराण भनिएको हो । सृष्टिको आधार पृथ्वी हो । पृथ्वीको एउटा नाम पद्म पनि हो । पद्म पुराणमा पृथ्वीलाई रसा भनिएको छ । रसाको अर्थ सरस अर्थात् रसले युक्त भन्ने पनि हो । तिनै सृष्टिको आधारलाई व्यक्त गर्ने काम पद्म पुराणले गरेको छ । यसै अर्थमा यस पुराणको स्थान दोस्रो निर्धारण गरिएको हो । पौराणिक ग्रन्थहरूमा सृष्टिकार्यका लागि जलमा सुतेका विष्णुको नाभीबाट कमल उत्पन्न भएको प्रसङ्ग आएको छ । तिनै जलमा सुतेका भनिएका विष्णुलाई व्यक्त गर्ने काम विष्णु पुराणले गरेको छ । यसै अर्थमा यस पुराणको स्थान तेस्रो निर्धारण गरिएको हो ।

यतिबेला विष्णुले शेषनागलाई आसन बनाएका हुन्छन् । यिनै नाग अर्थात् विष्णुका आसन बनेर बसेका शेषनागको विशेषता व्यक्त गर्ने प्रसङ्गको नाम वायु पुराण हो, जो चौथो क्रममा रहेको छ । कतै शिव पुराणलाई चौथो मानिएको पनि छ । यस्तो अवस्थामा भने प्रकारन्तरले अर्थ बोध गर्नुपर्ने हुन्छ । यतिबेला शिवजीको घाँटीमा रहेको नागको मालाले यस्तै अर्थ दिन्छन् । नागहरू वायुभक्षी मानिएकाले प्रकारान्तरबाट यस्तो नाम चयन हुन पुगेको बुझिन्छ । सोही कमलमा उत्पन्न भएका ब्रह्माजीले सृष्टि गरेका हुन् भन्ने पौराणिक भनाइ छ । यहाँ ब्रह्माजीबाट भएका तिनै सृष्टिका विभिन्न प्रक्रियाको प्रतिनिधित्व भागवत पुराणले गरेको छ । यसै अर्थमा यस पुराणलाई पाँचौं मानिएको हो । हमेशा शेषशायी नारायणको साथमा वीणाधारी नारद बसेका हुन्छन् । यसै कुरालाई व्यक्त गर्ने काम छैटौं नारद पुराणले गरेको छ ।

विष्णुको शक्तिको नाम लक्ष्मी हो । यिनी भनेका समग्र शक्तिका प्रतिनिधि पात्र हुन् । तिनै शक्तितत्व विवेचन गर्ने काम सातौं मार्कण्डेय पुराणले गरेको छ ।

आठौं पुराणको नाम अग्नि हो । संसारलाई अग्निसोमात्मक भनिएको छ । यो भनेको तातो र चिसोको समन्वय हो । नवसिर्जनाका लागि तातो पनि चाहिन्छ, चिसो पनि चाहिन्छ । तातो बढी भए बीज भुटिन्छ, चिसो बढी भए कुहिन्छ । यिनै तातो र चिसोलाई समन्वयात्मक ढंगले बुझाउने काम अग्नि पुराणले गरेको छ, जो आठौं क्रममा रहेको छ । सृष्टि प्रक्रियामा सूर्यको विशेष भूमिका छ । सूर्यकिरण विना सृष्टि सम्भव हुन्न । भए पनि चल्दैन । यसैलाई बताउने काम नवौं भविष्य पुराणले गरेको छ ।

संसार ब्रह्मको विवर्त मानिएको छ । सृष्टिमा एउटै ब्रह्म नानारूपमा प्रतिभाषित भएका हुन्छन् भन्ने कुरा शुरूमै आइसकेको छ । यसैलाई व्यक्त गर्ने काम ब्रह्मवैवर्त पुराणले गरेको छ, जो दशौं क्रममा रहेको छ । सृष्टिमा आकाश तत्वदेखि पृथ्वीतत्वसम्मको समन्वय भएको हुन्छ । एघारौं लिङ्ग पुराणले यिनै कुरालाई बताउने काम गरेको छ । वस्तुतः लिङ्ग भनेकै आकाशदेखि पृथ्वीसम्मको अवस्था हो । 

बाह्रौंदेखि सोह्रौंसम्मका क्रमशः वराह, स्कन्द, वामन, कूर्म र मत्स्य भनेका भगवान्कै विभिन्न अवतार हुन्, जसको प्रतिनिधित्व तत्तत् नामात्मक पुराणहरूले गरेका छन् । संसारमा काम अनुसार मानिसको स्थान निर्धारण भएको हुन्छ । राम्रो कामलाई धर्म र नराम्रो कामलाई पाप भनिएको छ र राम्रो काम गर्नेले राम्रो स्थान पाउँछन् नराम्रो काम गर्ने स्थान पनि त्यस्तै निर्धारित भएको हुन्छ । यसै कुरालाई व्यक्त गर्ने काम सत्रौं गरुड पुराणले गरेको छ । 

सृज्यमान जगतको विनाश पनि निश्चित छ । जसको सृष्टि भएको छ, उसको ढिलोचाँडो विनाश पनि भएकै हुन्छ । अन्यथा सृष्टि रोकिन्छ, चल्दैन । ब्रह्माण्ड पनि नवसिर्जना नै हो, जसलाई वेदले पूर्व कल्प अनुसार प्रकट भएका हुन् भनेको छ । ‘सूर्यचन्द्रमसौ धाता यथापूर्वमकल्पयत् ।’ (ऋग्वेद १०।१९१।३) त्यसैले एकदिन यसको पनि प्रलय हुन्छ । प्रस्तुत ब्रह्माण्ड पुराणले यिनै कुराको प्रतिनिधित्व गरेको छ । 

ब्रह्म पुराणको पूर्व, मध्यम र उत्तर गरी ३ भाग छन् । यीमध्ये पूर्व भागमा पूर्व र अनुषङ्ग गरी २ पाउ छन् । मध्यम भागको उपोद्घात र उत्तरभागको उपसंहार पाउ रहेका छन् । कूल १५६ अध्याय रहेको यस पुराणमा कूल १२ हजार श्लोक रहेका छन् । 

नैमिषोपाख्यान, हिरण्यगर्भ भगवान्को प्रादुर्भाव, देवता तथा ऋषिहरूको सृष्टि, कल्प, मन्वन्तर, युगहरूका समयावधि, रुद्रसर्ग, ऋषिसर्ग, अग्निसर्ग, प्रियव्रत राजाको वंश विस्तार, भुवनकोष वर्णन, खगोल वर्णनको क्रममा सूर्यादि ग्रह तथा नक्षेत्र एवं ताराहरू र आकाशीय पिण्डहरूका विवेचन, समुद्र मन्थन, लिङ्गोत्पत्ति, वेदशाखा वर्णन, मन्त्रोपाख्यान आदि पूर्व भागका मुख्य विषयवस्तु हुन् । 

त्यस्तै, श्राद्धसम्बन्धी विषयको साङ्गोपाङ्ग विवेचन, परशुरामचरितको व्याख्यान, गंगावतरण, सगर तथा भगीरथ राजाको वंश विस्तार, सूर्य तथा चन्द्रवंशी राजाहरूको चरित्र विवेचन मध्यम भागका मुख्य विषयवस्तु हुन् भने भावी मन्वन्तर विवेचन, कालमान, प्रतिसर्ग वर्णन, भगवती त्रिपुरासुन्दरी तथा ललितादेवीको उपाख्यान, भण्डासुर दानवको उत्पत्ति तथा ललितादेवीद्वारा उद्धार आदि उत्तरभागको मुख्य विषयवस्तुमा पर्छन् । 

कतिपय विद्वान्ले यस पुराणलाई वायवीय ब्रह्माण्ड पुराणको संज्ञा पनि दिएका छन् । वायुद्वारा बताइएको पुराण भएकाले त्यसो भनिएको हो भन्ने उनीहरूको तर्क छ । वायु पुराण र यस पुराणका कतिपय विषयवस्तुमा तादाम्य भेटिने भएकाले पनि त्यसो भनिएको हुनुपर्छ । परशुरामचरित्र र ललितादेवी उपाख्यानबाहेक प्रायः सबै विषयमा यी २ पुराणबीच तादाम्य पाइन्छ । धर्म, सदाचार, नीति, देवीदेवताका पूजा, उपासना तथा ज्ञान र विज्ञानको समन्वयात्मक विवेचन भएकाले यस पुराणको महत्त्व हिजो जति थियो, आफ्नै सभ्यता र संस्कृतिलाई बिर्संदै जान थालिएको आजको जमानामा झनै बढी हुन पुगेको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x