३० जेठ २०८३, शनिबार

एनआरएन स्पेनको महाधिवेशन जुलाईमा हुने

कात्तिक २०, २०७४
एनआरएन स्पेनको महाधिवेशन जुलाईमा हुने

स्पेन, ४ असार — गैरआवासीय नेपाली संघ, स्पेनको पा“चौं राष्ट्रिय महाधिवेशन जुलाईमा बार्सिलोनामा आयोजना हुने भएको छ ।



फाइल फोटो

आइतवार महाधिवेशन निर्वाचन समितिका संयोजक हेम शेर्पाद्वारा जारी प्रेस विज्ञप्तिमा आगामी जुलाई २३ आइतवारका दिन निर्वाचन हुने भएकोे छ ।

निर्वाचन संयोजक शेर्पाले स्पेनमा बस्ने सम्पूर्ण संघसंस्था तथा राजनीतिक दलका भ्रातृसंगठनलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

‘एनआरएन स्पेनको अहिलेको पा“चौं महाधिवेशनलाई भव्य र सभ्य बनाउन सबै नेपालीले सहभागिता जनाउनुहुन्छ भन्ने आशा गरेको छु,’ शेर्पाले भने ।

एनआरएन स्पेन यहाँँ बस्ने सबै नेपालीको साझा संगठन भएकाले सबैले सकारात्मक भूमिका निर्वाह गनुपर्ने उनी बताउँछन् ।

संयोजक शेर्पाले लोकान्तरसँग कुरा गर्दै भने, ‘संस्थालाई माया हामी सबैले गनुपर्छ, त्यसका लागि हामी सबै नेपाली एक हुनुपर्ने आजको आवश्यकता हो ।’

उनले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै हातेमालो गर्दै अगाडि बढ्न अनि निर्वाचन समितिका सबै पदाधिकारीहरूलाई आआफ्नो जिम्मेवारी पूरा गर्न समेत आग्रह गरेका छन् ।

स्मरण रहोस्, गत वर्ष एनआरएन स्पेनको अधिवेशनमा राजनीतिक भागबण्डाकै कारण जनप्रगतिशील मञ्च स्पेन (माओवादी केन्द्र) ले आफ्नो प्रतिनिधित्व नगर्ने र राम्रो काममा सहभागिता र सहयोग रहने तर अधिवेशनमा भाग चाहिँ नलिने भन्दै सहभागिता जनाएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्