०१ असार २०८३, सोमबार

अर्काे जुनीमा तपाईं के हुनुहुनेछ ? एकैछिनमा थाहा हुन्छ !

कात्तिक २०, २०७४
अर्काे जुनीमा तपाईं के हुनुहुनेछ ? एकैछिनमा थाहा हुन्छ !


यस जन्म तथा पूर्वजन्ममा गरिएका कर्म अनुसार नै हाम्रो योनि तय हुन्छ । ज्योतिषीहरूका अनुसार हामीले यस्ता कर्म ग–यौं भने यस्ता योनि पाउँछौं :

विषयवासनामा डुबेको तथा समस्त ऊर्जा नाश गर्ने व्यक्ति अर्को जन्ममा मन्दबुद्धि हुन्छ र उसले आफ्नो ऊर्जाको सही प्रयोग गर्न सक्दैन ।

जो मनुष्यले मानवयोनि पाएको छ, यो सौभाग्य उसको प्रारब्ध वा अघिल्लो जन्मको संस्कार, कर्म र गुणले दिलाएको हो । रजोगुण भएका व्यक्तिहरू मनुष्य योनिमा आउँछन् ।

सात्त्विक गुण भएका मानिस माथिल्ला लोकतिर जान्छन् भने तमोगुण भएकाहरू निम्न योनिमा भ्रमण गर्छन् ।

यस जन्ममा परोपकारी मानिस अर्को जन्ममा संस्कारी र दयालु हुन्छ ।

यो जन्ममा धनको लोभ नगर्ने तथा उदारवादी दृष्टिकोण राख्ने मानिस अर्को जन्ममा धनी हुन्छ र त्यतिबेला पनि उसले राम्रो कामका लागि धन लगाउँछ ।

यो जन्ममा अल्छी र कामचोर मान्छे अर्को जन्ममा अजिंगर हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्