२५ असार २०८३, बिहीबार

हिमालयनको आइपीओमा धेरै रकम हाल्नु व्यर्थ, नयाँ नियम आकर्षित हुने

कात्तिक २०, २०७४
हिमालयनको आइपीओमा धेरै रकम हाल्नु व्यर्थ, नयाँ नियम आकर्षित हुने

काठमाडौं, ४ असार — असार एक गतेदेखि विक्रि खुल्ला गरिएको हिमालयन पावर पार्टनरको आइपीओमा धेरै पैसा हाल्नु व्यर्थ हुने देखिएको छ । सामान्यतया ठूलो रकममा प्रतिशतको हिसाबले धेरै कित्ता सेयर पर्ने अपेक्षा सहित सर्वसाधारणले आइपीओमा धेरै रकम हाल्छन् ।

तर आउँदो साउन एक गतेदेखि अनिवार्य लागू हुने गरेर धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ जारी गरेको छ । छिटोमा असार पाँच गते बन्द हुने हिमालयनको आइपीओ बाँडफाँटमा पनि पछिल्लो निर्देशिका नै लागू हुने देखिएको छ ।

निर्देशिका अनुसार सेयर ओवदन गर्ने सबैलाई अनिवार्य १० कित्ताको दरले वितरण गर्नुपर्ने प्राबधान छ । सबैलाई १० कित्ता नपुगेको अवस्थामा गोलापर्थाबाट १० कित्ताको दरले सेयर वितरण गर्नुपर्ने प्राबधान छ ।
कम्पनीले एक सय रुपैयाँ दरका २१ लख ३० हजार ८ सय ३४ कित्ता सेयर निष्काशन गरेको छ । निष्काशन भएको सेयरमा पाँच प्रतिशत कर्मचारी तथा सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी चाहिँ सर्वसाधारणको लागि छुट्याइएको छ ।

कम्पनीको सेयर विक्रि गर्ने जिम्मा पाएको आइएमई क्यापिटलले असार ३१ गते सम्म सेयर बाँडफाँट गर्न सकेमा पुरानै निर्देशिका अपनाउन सकिन्छ । तर असार ३१ सम्म बाँडफाँट गर्न नसकिने देखिन्छ ।

नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले हिमालयनको आइपीओमा नयाँ निर्देशिका नै आकर्षित हुने सम्भावना रहेको बताए । ‘उनीहरुले पुरानै निर्देशिका अनुसार आइपिओ बाँडफाँट गर्नको लागि असार ३१ भित्रमा बाँडफाँट गरिसक्नुपर्छ,’ उनले भने, ‘साउन लाग्ने वित्तिकै नयाँ आदेश आकर्षित हुन्छ ।’ समयको हिसाबले हिमालयनको आइपीओमा नयाँ नियमनै आकर्षित हुने उनले बताए ।

आइपीओ बाँडफाँट गर्न कम्तिमा पनि २ महिना लाग्ने गरेको छ । त्यसैले हिमालयनको आइपीओमा धेरै रकम होल्ड गराउनु व्यर्थ सावित हुने सेयर विश्लेषकहरु बताउँछन् । हिमालयनको सेयरमा न्युनतम ५० कित्ताको दरले आवेदन गर्न सकिन्छ । ५० कित्ताको आवेदन नै काफी हुने जानकारहरुले बताए ।




सबैलाई १० कित्ता सेयर परेको खण्डमा सोही प्रक्रियाबाट अर्को १० कित्ताको दरले सेयर बाँडफाँट गर्नुपर्ने नियम रहेको छ ।

धितोपत्र निर्देशिका अनुसार आइपीओमा दुई लाख आवेदन परेमा ३० दिन भित्रमा आइपीओ बाँडफाँट गर्नुपर्छ । दुई लाख एकदेखि ३ लाख सम्म आवेदन परेमा ४० दिनमा बाँडफाँट गर्नुपर्छ । ३ लाख भन्दा बढी आवेदन परेमा ५० दिनभित्र सेयर बाँडफाँट गरिसक्नुपर्छ ।

हिमालयनको सेयर बाँडफाँट हुन कम्तिमा पनि ३० दिन लाग्ने भएकोले उक्त आइपीओमा धेरै लगानी आवश्यक नरहेको जानकारहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्