×

NMB BANK
NIC ASIA

हिमालयनको आइपीओमा धेरै रकम हाल्नु व्यर्थ, नयाँ नियम आकर्षित हुने

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार — असार एक गतेदेखि विक्रि खुल्ला गरिएको हिमालयन पावर पार्टनरको आइपीओमा धेरै पैसा हाल्नु व्यर्थ हुने देखिएको छ । सामान्यतया ठूलो रकममा प्रतिशतको हिसाबले धेरै कित्ता सेयर पर्ने अपेक्षा सहित सर्वसाधारणले आइपीओमा धेरै रकम हाल्छन् ।

तर आउँदो साउन एक गतेदेखि अनिवार्य लागू हुने गरेर धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ जारी गरेको छ । छिटोमा असार पाँच गते बन्द हुने हिमालयनको आइपीओ बाँडफाँटमा पनि पछिल्लो निर्देशिका नै लागू हुने देखिएको छ ।

निर्देशिका अनुसार सेयर ओवदन गर्ने सबैलाई अनिवार्य १० कित्ताको दरले वितरण गर्नुपर्ने प्राबधान छ । सबैलाई १० कित्ता नपुगेको अवस्थामा गोलापर्थाबाट १० कित्ताको दरले सेयर वितरण गर्नुपर्ने प्राबधान छ ।
कम्पनीले एक सय रुपैयाँ दरका २१ लख ३० हजार ८ सय ३४ कित्ता सेयर निष्काशन गरेको छ । निष्काशन भएको सेयरमा पाँच प्रतिशत कर्मचारी तथा सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी चाहिँ सर्वसाधारणको लागि छुट्याइएको छ ।

कम्पनीको सेयर विक्रि गर्ने जिम्मा पाएको आइएमई क्यापिटलले असार ३१ गते सम्म सेयर बाँडफाँट गर्न सकेमा पुरानै निर्देशिका अपनाउन सकिन्छ । तर असार ३१ सम्म बाँडफाँट गर्न नसकिने देखिन्छ ।

नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले हिमालयनको आइपीओमा नयाँ निर्देशिका नै आकर्षित हुने सम्भावना रहेको बताए । ‘उनीहरुले पुरानै निर्देशिका अनुसार आइपिओ बाँडफाँट गर्नको लागि असार ३१ भित्रमा बाँडफाँट गरिसक्नुपर्छ,’ उनले भने, ‘साउन लाग्ने वित्तिकै नयाँ आदेश आकर्षित हुन्छ ।’ समयको हिसाबले हिमालयनको आइपीओमा नयाँ नियमनै आकर्षित हुने उनले बताए ।

आइपीओ बाँडफाँट गर्न कम्तिमा पनि २ महिना लाग्ने गरेको छ । त्यसैले हिमालयनको आइपीओमा धेरै रकम होल्ड गराउनु व्यर्थ सावित हुने सेयर विश्लेषकहरु बताउँछन् । हिमालयनको सेयरमा न्युनतम ५० कित्ताको दरले आवेदन गर्न सकिन्छ । ५० कित्ताको आवेदन नै काफी हुने जानकारहरुले बताए ।




सबैलाई १० कित्ता सेयर परेको खण्डमा सोही प्रक्रियाबाट अर्को १० कित्ताको दरले सेयर बाँडफाँट गर्नुपर्ने नियम रहेको छ ।

धितोपत्र निर्देशिका अनुसार आइपीओमा दुई लाख आवेदन परेमा ३० दिन भित्रमा आइपीओ बाँडफाँट गर्नुपर्छ । दुई लाख एकदेखि ३ लाख सम्म आवेदन परेमा ४० दिनमा बाँडफाँट गर्नुपर्छ । ३ लाख भन्दा बढी आवेदन परेमा ५० दिनभित्र सेयर बाँडफाँट गरिसक्नुपर्छ ।

हिमालयनको सेयर बाँडफाँट हुन कम्तिमा पनि ३० दिन लाग्ने भएकोले उक्त आइपीओमा धेरै लगानी आवश्यक नरहेको जानकारहरु बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x