०१ असार २०८३, सोमबार

सभा सम्मेलनसम्बन्धी ललितपुर प्रशासनको स्पष्टोक्ति

असोज १४, २०७८
सभा सम्मेलनसम्बन्धी ललितपुर प्रशासनको स्पष्टोक्ति

जिल्लाभर भइरहेका सभासम्मेलन प्रभावित हुने गरी कुनै पनि आदेश जारी नभएको ललितपुर जिल्ला प्रसाशन कार्यालयले स्पष्ट पारेको छ ।

कार्यालयले गत भदौ ३१ गतेदेखि सार्वजनिक शान्ति सुरक्षा व्यवस्थामा असर नपर्नेगरी राजनीतिक दल, तिनका भातृ सङ्गठन तथा विभिन्न सङ्घसंस्थालाई सभासम्मेलन, बैठक, गोष्ठी, अन्तक्र्रियालगायत कार्यक्रम गर्न अनुमति दिएको थियो ।

कार्यालयका प्रवक्ता ललितकुमार बस्नेतले यस अघिका निर्णयमा कुनै पनि परिवर्तन नभएको जानकारी दिए । उनले नेपाल सरकारले जारी गरेको कोभिड–१९ सम्बन्धी मापदण्डको पालना गर्दै कार्यक्रम गर्न पाउने व्यवस्था यथावत रहेको स्पष्ट पारे ।

संविधान प्रदत्त नागरिकको मौलिक अधिकार र राजनीतिक गतिविधि गर्ने स्वतन्त्रताप्रति कार्यालय पूर्ण सचेत र प्रतिबद्ध रहेकोसमेत उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्