२७ असार २०८३, शनिबार

भारतमा बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १६३ रुपैयाँ ! नेपालमा के असर पर्ला ?

असोज १५, २०७८
भारतमा बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १६३ रुपैयाँ ! नेपालमा के असर पर्ला ?
प्रतिकात्मक तस्वीर

नेपालले पेट्रोलियम पदार्थ आयात गर्ने देश भारतमा पेट्रोलको मूल्य बढेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०१.८९ भारतीय रुपैयाँ अर्थात् १६३ नेपाली रुपैयाँ पुगेको छ ।

भारतको इन्धनको सबैभन्दा ठूलो खुद्रा बिक्रेता इन्डियन आयल कर्पाेरेसनका अनुसार दिल्लीमा डिजेलको मूल्य ९०.१७ भारु अर्थात् १४४ नेरु कायम गरिएको छ ।

विदेशी मुद्राको दरमा वृद्धिसँगै अन्तर्राष्ट्रिय बजार मूल्यमा वृद्धि भएकोले पेट्रोलको मूल्य बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजार र भारतमा बढेको मूल्यअनुसार नेपालमा समेत प्रभाव पर्छ । भारतमा खुद्रा बिक्रीमा मूल्य बढी भए पनि नेपाललाई थोक बिक्री गर्दा सस्तो पर्ने गर्छ । भारतको खुद्रा बिक्री मूल्यभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्