
वैवाहिक जिन्दगीलाई सही ढंगले चलाउन मानिसहरूले विभिन्न तरिकाहरू अपनाउने गर्छन् । जस्तो आपसी मनमुटाव घटाउन एक अर्कालाई धेरै समय दिनु, सम्झौता गर्नु वा काउन्सिलिङका लागि जानु ।
यद्यपि एक पुरुष आफ्नो वैवाहिक सम्बन्धलाई बचाउन अपनाइएको तरिकाले अहिले उनलाई पछुतो भएको छ । यसको खुलासा उनले रिलेसनसिप पोर्टलमा गरेका छन् ।
ती पुरुषले लेखेका छन्, ‘म आफ्नो काममा एकदमै व्यस्त हुन्थे र श्रीमतीलाई समय दिनै पाउँदिनथेँ । फेरि पनि म के चाहन्थे भने मेरी श्रीमती खुशी होस् र मोजमस्ती गरोस् । हामीले केही सीमाहरू तय गरेका थियौं कि हामीले बच्चा नजन्माउने र बाहिर पनि एकअर्कालाई पूरै स्वतन्त्रता दिने ।’
तै पनि वैवाहिक सम्बन्धमा विस्तारै खटपट हुन लागेको थियो । ‘एक दिन खोई के भयो श्रीमतीलाई यदि मलाई धोका दिएर अरू कसैसँग अफेयर चलाए पनि केही फरक पर्दैन भनेँ । पहिले त उनले के भनेको थाहा नपाएर धेरैपटक सोधिन् । मैले रिसाएर तिमीलाई जे गर्न मन लाग्छ गर, मलाई भन्न जरुरी छैन ।’
केही दिनपछि उनकी श्रीमतीले उनलाई अफिसका एक जनाले जिस्काउँछ भनिन् । किनकि उनले अरू कसैसँग अफेयरको मञ्जुरी जो दिएका थिए ।
विस्तारै ती पुरुषसँग उनकी श्रीमतीले चासो दिइन् । ‘एक महिनाभित्र उनीहरूले फिजिकल रिलेसनसिप पनि बनाएछन्,’ उनले लेखेका छन्, ‘जब मलाई श्रीमतीले यो भनिन् म एकदमै हैरान भएँ, फेरि पनि मैले उसलाई सम्झाएर चिन्ता नगर्न भनेँ । त्यसपछि मैले सबै ठीक गर्ने प्रयासमा लागेँ ।’
त्यसपछि उनले आफू धेरै समय घरमा बस्ने, घरका सानासाना काम गर्ने, अफिसबाट चाँडै आएर खाना तयार गर्ने लगायत गरे ।
‘एक दिन मेरी श्रीमतीले भनिन् कि उनी शहर बाहिर एकजना साथीलाई भेट्न जाँदैछिन् । उसले जुन साथीको नाम बताइन्, उसको नाम मलाई थाहा थियो । मलाई लाग्यो उनी केटी साथीहरूका साथ बाहिर जाँदैछिन् । तर, उनी त आफ्नो नयाँ ब्याइफ्रेण्डसँग पो गएकी रहिछन् ।’
आफूले नभेट्न भने पनि उनले नमान्ने गरेको उनले बताए । थाहा हुँदाहुँदै पनि आफूले केही गर्न नसकेको उनले बताए ।