
अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि. (जेडीआईपीएल)ले ५० एचपी फोर हवील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको छ ।
यो ट्रयाक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएकाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने विश्वास कम्पनीले लिएको छ ।
यसैबीच कम्पनीले जोन डीयरको दशौं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको छ ।

समारोहमा जेडीआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले किसान उपभोक्ता तथा नेपालको लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिसँगको लामो सहयात्रामा यो एकदमै ऐतिहासिक क्षण भएको बताए ।
संसारभरका किसान समुदायको लागि कृषि उत्पादकता र आय बढाउनका लागि प्रविधिको रुपमा उत्कृष्ट उत्पादन र सेवाहरूका लागि प्रतिबद्ध रहेको जोन डीएरले जनाएको छ ।
सन् १८३७ देखि जोन डीयरले उत्कृष्ट विशेषतायुक्त नवीनतम वस्तुहरु (खेतीपाती तथा कन्सट्रक्सन क्षेत्रका लागि) विश्व बजारमा ल्याउँदै आएको छ ।