
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामर्थ्य आकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज शुभारम्भ गर्दै उनले मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् ।
आयोजक संस्था महासंघका अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासंघले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिए ।