०९ असार २०८३, मंगलबार

प्रचण्डबारे ओली– पार्टी कब्जा गर्न नसकेपछि विभाजन गरे !

प्रचण्डबारे ओली– पार्टी कब्जा गर्न नसकेपछि विभाजन गरे !
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टी विभाजन गर्ने काम गरेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले राष्ट्रिय विधान महाधिवेशनमा शुक्रवार पेश गरेको राजनीतिक प्रतिवेदनमा सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको उल्लेख छ ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताए ।

उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता समेत व्यक्त  गरे ।

‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ । यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधव नेपालको कुण्ठा, निहीत स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

salt training

कमेन्ट गर्नुहोस्