
पशुपतिमा बाबालाई छुरी हान्ने एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चितवन जगतपुर नयाँबस्तीका ३७ वर्षीय ताराबहादुर लामिछाने पक्राउ परेका हुन् ।
शुक्रवार बिहान ८ बजे काठमाडौंको हेपाली हाइटबाट उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
उनको साथबाट एक थान खुकुरी समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।