×

NIC ASIA

नेकपा एमालेको विधान महाधिवेशन

एमालेका महाधिवेशन प्रतिनिधिलाई मायाको चिनो: स्टिकर, रिबन र च्याउको सुप !

असोज १५, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा एमालेको विधान महाधिवेशनमा अखिल नेपाल महिला संघ (अनेम संघ)ले मायाको चिनो स्वरुप स्टिकर, रिबन र सुप वितरण गरिरहेको छ ।  

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजबाट शुरू भएको एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई अनेम संघले च्याउको सुप खुवाइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुप खुवाउनको लागि सनराइज सम्मेलन केन्द्रको पश्चिमतर्फ स्टल राखिएको छ । च्याउको सुप खानको लागि स्टलमा लाइन लागेका प्रतिनिधिलाई सबैभन्दा पहिले रिबन र स्टिकर लगाइदिने र एक कप सुप दिने गरिएको छ । 


Advertisment
Rupse Holidays
Nabil box

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिलाई मायाको चिनो स्वरुप स्टिकर र रिबन लगाइने र सुप खुवाउने काम गरेर महाधिवेशनमा अनेम संघलाई प्रतिनिधित्व गराइएको अनेम संघ ललितपुर जिल्ला कमिटीको सदस्य रमी प्रधानाङ्गले बताइन् । 

Vianet communication

उनीहरूका लागि कस्तूरी भिल्ला होटलले सुप बनाउन सहयोग गरेर प्रयोजन गरेको उनले जानकारी दिइन् । सुप बनाउन गोदावरी क्षेत्रमै पाइने च्याउको प्रयोग गरिएको छ । 

महाधिवेशनस्थलमा उपलब्ध गराएको सुपको मूल्य तोकिएको छैन । ‘जसलाई जति मन लाग्छ उहाँहरूले खुशीले दिन पनि सक्नुहुन्छ, नदिन पनि सक्नुहुन्छ । हामीले मूल्य तोकेका छैनौं,’ प्रधानाङ्गले भनिन् ।  

सुप अभियानबाट संकलन भएको रकमबाट कोष खडा गर्ने र उक्त रकम गोदावरी क्षेत्रका महिलालाई आवश्यक सहयोग गर्ने उद्देश्य रहेको उनले बताइन् । ‘अकस्मात रुपमा भैपरी आउने काममा गोदावरी क्षेत्रको महिलालाई सहयोग गर्न यो अभियानबाट संकलन भएको रकम खर्च गर्छौं,’ उनले भनिन् ।

त्यसबाहेक संकलित रकम उपयोग गरेर गोदावरी क्षेत्रका महिलालाई उद्यमशीलतामा उत्प्रेरित गर्न सहयोग गर्ने योजना रहेको उनले बताइन् ।

सुप खुवाउने अभियानमा अहिलेसम्म ६० हजार लगानी भएको उनको भनाइ छ । महाधिवेशनको तीन दिन नै महाधिवेशन प्रतिनिधिलाई सुप खुवाउने योजना रहेको उनले बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x