×

NMB BANK
NIC ASIA

सन्दर्भ : प्रचण्ड अभिव्यक्ति

‘आत्महत्या’वाला अभिव्यक्तिको चिरफार : किन लगातार विचलित भाषण गर्दैछन् प्रचण्ड ?

माओवादी नेता भन्छन्- राजनीतिक अभिव्यक्ति, मनोचिकित्सकको गुनासो– राम्रो सन्देश गएन

असोज १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको एक निजी अस्पतालमा कार्यरत मनोचिकित्सकहरूबीच शुक्रवार एउटा राजनीतिक विषयमा छलफल भयो ।

Muktinath Bank

विषय थियो– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार दिएको आत्महत्यासम्बन्धी अभिव्यक्ति । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पूर्वप्रधानमन्त्री भइसकेको र देशको एउटा मुख्य पार्टीको नेताले आत्महत्याबारे दिएको अभिव्यक्तिबारे मनोचिकित्सकहरूका तर्फबाट वक्तव्य दिने कि भन्ने विषयमा छलफल भएको थियो,’ छलफलमा सहभागी एक डाक्टरले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

सामान्यतया राजनीतिक विषयमा छलफल नगर्ने डाक्टरहरूबीच प्रचण्डको अभिव्यक्तिले समाजमा पार्ने असरको विषयमा छलफल भएको थियो । 

Vianet communication
Laxmi Bank

‘देशको एक जिम्मेवार नेताबाट आउने यसप्रकारको अमर्यादित अभिव्यक्तिका कारण कमजोर आत्मबल भएका व्यक्तिलाई आत्महत्या गर्न प्रोत्साहन मिल्छ भनेर हामीले चिन्ता व्यक्त गर्‍यौं,’ ती डाक्टरले भने ।

आत्महत्याको विषयमा प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर बिहीवारदेखि नै सामाजिक सञ्जाल रंगिएका छन् । प्रचण्डका कटूआलोचक एमाले केन्द्रीय सदस्य सूर्य थापाले युवाहरूलाई आत्महत्या गर्न सार्वजनिक रूपमा नै दुरूत्साहन गरेको आरोप लगाएका छन् । 

‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो ! हारेको जुवाडे, चरम महत्त्वाकांक्षी, युद्धबन्दी, तानाशाह र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्याबाहेक अर्को हुनै सक्दैन । पुष्पकमल दाहालले युवाहरूलाई आत्महत्या गर्न सार्वजनिक रूपमा नै दुरूत्साहन गरेको भाषण निराशा र कुण्ठाको स्वाभाविक अभिव्यक्ति हो,’ थापाले फेसबूकमा लेखेका छन् । 

के सन्दर्भमा के बोलेका थिए प्रचण्डले ?

अनेरास्ववियूको झण्डा हो,
रगतले सिञ्चिएको रातो ...।

यस्ता गीत गाएर युवा विद्यार्थीको रगत उमाल्ने कार्यक्रममा गएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्यन्त निराशाजनक अभिव्यक्ति दिए– आफैँले सुसाइड गरौं कि भन्ने जस्तो भएको थियो ।

‘मेरो अगाडि अब फेरि लडाईं गर्ने कि, आत्मसमर्पण त मैले गर्न सक्दिनँ । गर्न हुँदैन । हजारौँ शहीदहरू, हजारौँ बेपत्ता योद्धाहरू, घाइते, अपांगहरूको सबै ऋण त मुख्य रूपमा त मेरो टाउकोमा छ । या त, मैले सकिनँ, यत्ति नै रहेछ भनेर आफूले आफैँलाई सुसाइड गर्नुपर्ने । सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो । मार्क्सको ज्वाइँ छोरी सबैले सुसाइड गरेको कथा सायद तपाईंहरूले पढ्नुभएको होला । सबै सुसाइड गलतै हुन्छ भन्ने हुँदैन । या त लड्नुपर्ने । अब लड्ने कि मर्ने ? फेरि पनि मृत्यू या मुक्तिको ठाउँमा पुगेको देखेँ मैले । पार्टीभित्र पनि र पार्टीबाहिर पनि । र अन्तिममा पार्टीभित्रका सबै साथीहरूको सहयोगबाट हामी फेरी लड्ने क्रान्तिकारी ढंगले लड्ने । पूरा जोखिम उठाएर लड्ने । जेल जानुपर्छ भने जाने । मारिनुपर्छ भने पनि तयार हुने । तर प्रतिक्रान्ति र प्रतिगमनको अगाडि हरहालतमा नझुक्ने भन्ने हामीले संकल्प गरियो । त्यही संकल्पबाट शुरू भयो सडक आन्दोलन,’बिहीवार अखिल क्रान्तिकारीको अधिवेशन उद्घाटन कार्यक्रममा प्रचण्डले भनेका थिए ।

प्रचण्डले आत्महत्याको कुरा गर्दैगर्दा आफ्नो गला अवरुद्ध गरे, त्यत्रो हलमा सन्नाटा छायो । प्रचण्डबाट क्रान्तिकारी प्रशिक्षणको अपेक्षा गरेका अखिलका ‘राता कार्यकर्ता’ निराश भएर सभाहलबाट बाहिर निस्किए । क्रान्तिका कुरा गर्दा रगत उमाल्ने उमेरका युवा विद्यार्थी माझ आत्महत्याको कुरा गरे ।

बिहीवार प्रचण्डले भारतीय चलचित्र भगत सिंहमा रहेका एक पात्र चन्द्रशेखर आजादको उदाहरण पेश गर्दै क्रान्तिका लागि यति गर्न सके भनेर आत्महत्या गरेको उदाहरण पेश गरे । 

'लडाईंमा चारैतिर दुश्मनले घेरा हालेको छ । फुत्किने ठाउँ रहेन चन्द्र शेखरको । एउटा रुखमुनि बसेका हुन्छन्, उनी । उनको साथमा पेस्तोल हुन्छ । अब मार्ने नै भए प्रतिक्रयावादीले भन्ने भएपछि एकमुठी माटो हातमा लिन्छन् र धर्तीमाता मैले यति नै गर्न सकें भनेर आफैंले सुसाइड गर्छन्,' प्रचण्डले भनेका थिए ।

प्रचण्डबाट आएको निराशाजनक अभिव्यक्ति यो पहिलो पटक होइन । बेलाबखत प्रचण्डले यस्ता अभिव्यक्ति दिँदै आएका छन् । पछिल्लो समय प्रचण्डबाट कार्यकर्तालाई निराश बनाउने अभिव्यक्ति बारम्बार आइरहेका छन् । प्रचण्डले पटक–पटक पार्टी विघटनको कुरा गरिरहेका छन्, जसले त्यो पार्टीमा भविष्य खोजिरहेका कार्यकर्तालाई ‘माइग्रेन’ बनाइरहन्छ । 

गएको भदौ २३ गते माओवादी जनयुद्धमा मारिएका सुरेश वाग्लेको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी विघटनको कुरा गरे । ‘पद, पैसा, प्रतिष्ठा, गुट, अराजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने हामी मार्क्सका चेला हौं भने त बरु यसलाई विघटन गरिदिनु इमान्दारी हुने भयो के । हामी क्रान्ति गर्छौं भन्ने तर गर्ने चाहिँ प्रतिक्रान्ति भएपछि त धोका हो नि जनतालाई । त्यो धोका नदिने हुनका लागि बरु विघटन गर्ने भन्ने छलफल चल्न खोज्छ आज,’ प्रचण्डले भनेका थिए । 

सर्वोच्च अदालतको परमादेशले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पार्टीका तर्फबाट मन्त्री बन्ने आकांक्षी धेरै भएको भन्दै एकपटक प्रचण्डले आफू तनावमा परेको अभिव्यक्ति समेत दिएका थिए । 

किन बारम्बार निराशाजनक कुरा गर्छन् प्रचण्ड ?

प्रचण्डसँग लामो संगत गरेका माओवादीका एक प्रभावशाली नेता कार्यकर्तालाई अझ जुझारु बनाउन प्रचण्डबाट बेलाबखत यसप्रकारका अभिव्यक्ति आउने गरेको बताउँछन् ।

‘अध्यक्षले हिजो प्रतिगमनविरुद्ध जीवन मरणको लडाईं थियो, त्यो कसरी पूरा गर्ने भन्ने सन्दर्भमा उक्त अभिव्यक्ति दिनुभएको हो, निराश भएर आत्महत्यको कुरा गर्नुभएको होइन,’ माओवादीका एक केन्द्रीय सदस्यले भने । 

माओवादीका अर्का केन्द्रीय सदस्य शालिकराम जमरकट्टेल व्यक्तिगत रूपमा नभई प्रचण्डले राजनीतिक रूपमा आत्महत्याको कुरा गरेको बताउँछन् ।

‘हामीहरूले लडेर ल्याएको परिवर्तनमाथि अरूको रजाईं चल्यो, परिवर्तन जोगाउन हामीलाई चुनौती आयो, यसलाई जोगाउने कि मर्न दिने भन्ने सन्दर्भमा आत्महत्याको कुरा गर्नुभएको थियो,’ जमरकट्टेलले लोकान्तरसँग भने, ‘गर या मरको स्थिति हो । संसद् चल्न दिएको छैन । संसद् विघटन गर्ने केपी ओलीकै डाँको ठूलो छ । कि यिनीहरूसँग फेरि लड्न पर्‍यो, कि मैदान खाली गर्नुपर्‍यो भन्ने सन्दर्भमा अध्यक्षको अभिव्यक्ति आएको हो ।’ 

प्रचण्ड निकट मानिने जमरकट्टेलले राजनीतिक रूपमा त बरु माओवादी सजिलो पोजिसनमा रहेको र प्रचण्डसँग पश्चताप गर्नुपर्ने कुनै कारण नभएको दाबी गरे । ‘पार्टीभित्रको व्यवस्थापन गर्न नसकेको भन्ने कुरामा सत्यता छैन । अन्तरविरोध नभएको पार्टी कुनै छ भने माओवादी हो,’ उनी भन्छन् । 

पुत्र प्रकाश दाहालको निधन, पत्नी सीता दाहालको नाजुक स्वास्थ स्थिति, सशस्त्र द्वन्द्वकालीन मुद्दाको व्यवस्थापनमा भएको ढिलाइ तथा पार्टीको खस्कँदो अवस्थाका कारण प्रचण्ड तनावमा रहेको टीकाटिप्पणि हुने गरेको छ । ‘त्यत्रो जनयुद्ध हाँकेर आएको व्यक्तिले यस्तो अभिव्यक्ति दिँदा कार्यकर्ताको मनोबल खस्किन्छ भन्नेतर्फ उहाँले सोच्नुपर्थ्यो,’ माओवादीका एक सांसदले भने ।

तर बेलाबखत कार्यकर्तालाई ‘इमोसनल ब्यालकमेलिङ’का लागि पनि प्रचण्डले यस्ता अभिव्यक्ति दिने गरेको माओवादी कार्यकर्ताहरूको बुझाइ छ । केही समयअघि रुकुम काठमाडौं– गणतान्त्रिक मञ्चको कार्यक्रममा माओवादी फेरि जन्मिन सक्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै अभिव्यक्ति प्रचण्डले केही समय पहिले दिएका थिए । उनले आगो (माओवादी)सँग खेल्ने काम गर्दा केपी ओली सत्ताच्युत हुनुपरेको टिप्पणी संसदमै गरेका थिए ।  


तनावको अभिव्यक्तिः डा. पोखरेल 

मनोचिकित्सक डा. प्रभाकर पोखरेल अत्यधिक तनावको समयमा मानिसले आवेशमा आएर आत्महत्याको कुरा गर्ने बताउँछन् ।

तर, पूर्वप्रधानमन्त्री रहिसकेको कुनै दलको शीर्ष नेताबाट आत्महत्या जस्तो विषयमा यति हल्का टिप्पणी आउनु दुःखको कुरा भएको उनको भनाइ छ । 

‘मानिस मर्नका लागि एउटा समस्या काफी होला, तर बाँच्नका लागि हजार आधार हुन्छन्,’ डा. पोखरेलले लोकान्तरसँग भने, ‘एउटा जीवन बचाउनका लागि कति धेरै प्रयास गरिएको हुन्छ । आत्महत्या पनि ठीक हो भन्ने जसरी अभिव्यक्ति दिनु निकै दुःखको विषय हो ।’ 

प्रचण्डले बिहीवारको मन्तव्यमा सबै आत्महत्या गलत हुँदैनन् भनेर वकालत गरेका थिए । ‘...सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो । मार्क्सको ज्वाइँछोरी सबैले सुसाइड गरेको कथा सायद तपाईंहरूले पढ्नुभएको होला । सबै सुसाइड गलतै हुन्छ भन्ने हुँदैन,’ प्रचण्डले भनेका थिए । 

प्रचण्डको उक्त अभिव्यक्तिले कमजोर आत्मबल भएको र समस्यामा परेको व्यक्तिलाई आत्महत्या गर्न बल पुग्ने डा. पोखरेलको चिन्ता छ । ‘कुनैपनि हिसाबले आत्महत्यालाई पुष्टि गर्ने कुरालाई जायज मान्न सकिँदैन, राजनीतिक होस् या व्यक्तिगत कुरा,’ डा. पोखरेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x