आर्थिक संकटमा रहेको उत्तर कोरियाका शासक किम जोङ उनले हातहतियार बनाउने र सेनालाई मजबुत बनाउने कार्यलाई प्राथमिकतामा राखेका छन् ।
सेनालाई मजबुत बनाउँदै उनले भयंकर हतियारहरू परीक्षण गरिरहेका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उनको निर्देशनमा ‘एन्टी एयरक्राफ्ट मिसाइल’को सफल परीक्षण गरिएको छ ।
उन सरकारले भनेको छ, ‘उत्तर कोरियालाई परमाणु सशस्त्र राष्ट्र बनाउने दिशामा यो एउटा कडी हो ।’ मिसाइल बनाउन उच्च प्रविधिको प्रयोग गरिएको न्युज एजेन्सीले जनाएको छ, जसले हतियारलाई ज्यादै खतरनाक बनाएको छ ।
बिहीवार समेत उत्तर कोरियाले प्रक्षेपण यानलाई आकाशमा पठाएको छ । विगत १ महिनामा यस्ता ४ मिसाइल परीक्षण गरिएको समाचारमा जनाइएको छ ।