०४ असार २०८३, बिहीबार

दशैं नजिकिँदै गर्दा चितवनका चेपाङ परिवारलाई खाद्यान्न सहयोग

असोज १६, २०७८
दशैं नजिकिँदै गर्दा चितवनका चेपाङ परिवारलाई खाद्यान्न सहयोग
प्रतिकात्मक तस्वीर

चितवन जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

हिन्दूको महान् पर्व दशैंतिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदुरी गर्न समेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घर परिवारलाई सहयोग गरिएको हो ।
 
एक्सन क्लिनर प्रिन्ज (इन्टरनेसनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता संघको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो ।
 
दशैंतिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्रतिपरिवार २ बोरा चामल, २ किलो नून, २ लिटर तेल, ४ पोका मस्यौरा, २ किलो दाल, २ किलो केराउ लगायतका खाद्यान्न सामग्री सहयोग गरिएको थियो ।

कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनीलगायत गाउँका चेपाङलाई सहयोग प्रदान गरिएको छ ।
 
सो अवसरमा पर्यटन व्यवसायी रामकुमार अर्याल, चेपाङ अभियानकर्मी केपी किरण शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका इञ्जिनीयर आनन्दराम थापा, विष्णुप्रसाद अर्याल, गोपाल अधिकारी लगायतको सहभागिता थियो ।

चेपाङ समुदायलाई आफ्नो उत्पादनले ६ महिना खान पनि धौंधौं हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्