
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।
उनले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
शनिवार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्कसमेत गरे ।
‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धीकरण गर्न र सुदृढ गर्न । अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरि गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ,’ उनले भने, ‘अब कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ । नत्र भने राम्रो हुँदैन ।’