१३ असार २०८३, शनिबार

एमाले विधान महाधिवेशन : दोस्रो दिनको प्लेनरीमा सहभागी छैनन् ओली

एमाले विधान महाधिवेशन : दोस्रो दिनको प्लेनरीमा सहभागी छैनन् ओली
विधान महाधिवेशनको पहिलो दिन शुक्रवार पनि रूघाखोकीले सताएको भन्दै ओलीले राजनीतिक प्रतिवेदन बीचमै शंकर पोखरेललाई प्रस्तुत गर्न लगाएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनको दोस्रो दिनको प्लेनरीमा सहभागी भएका छैनन् । शुक्रवार पनि रूघाखोकीले सताएको भन्दै राजनीतिक प्रतिवेदन बीचमै शंकर पोखरेललाई प्रस्तुत गर्न लगाएका थिए । 

एमाले सचिव तथा कार्यक्रम उद्घोषक प्रदीप ज्ञवालीले अध्यक्ष सञ्चो नभएको कारण हलमा उपस्थित नभएको र केहीबेरमा आउने बताएका छन् । 

अधिवेशनको दोस्रो दिन समूहगत छलफल सकिएको छ । अहिले अनुशासन आयोग, लेखा आयोगको प्रतिवेदन पेश भएको छ।

salt training

कमेन्ट गर्नुहोस्