२३ जेठ २०८३, शनिबार

५९ वर्षीया महिलालाई करणी गरेको अभियोगमा ३० वर्षीय युवक पक्राउ

५९ वर्षीया महिलालाई करणी गरेको अभियोगमा ३० वर्षीय युवक पक्राउ

५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट एक जना पक्राउ परेका छन् ।  चौदण्डीगढी नगरपालिका-६  बस्ने ३० वर्षीय मुकेश बिकलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित द्वारखोला जंगलमा मुकेशले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्