०५ साउन २०८३, मंगलबार

व्यायाम गर्नुअघि एक कप कफी पिउनुस्, पेट घटाउनुस्

असोज १७, २०७८
व्यायाम गर्नुअघि एक कप कफी पिउनुस्, पेट घटाउनुस्

व्यायाम गर्नुअघि एक कप कफी पिउँदा पेट घटाउन सहायता पुग्ने एक अध्ययनले देखाएको छ । 

ग्रेनाडा विश्वविद्यालयको फिजियोलोजी विभागले गरेको एक अध्ययनमा व्यायामको आधा घन्टाअघि कफी पिउँदा फाइदा हुने पाइएको हो । 

अध्ययनका अनुसार, एरोबिक व्यायामभन्दा आधा घन्टाअघि कम्तीमा तीन एमजी क्याफिन शरीरमा पार्दा बोसो घटाउन सकिन्छ । 

तर यस्तो काम बिहान भन्दा पनि अपराह्नमा गर्दा बढी प्रभावकारी हुने अध्ययनको दाबी छ ।

अध्ययन जर्नल अफ दी इन्टरनेसनल सोसाइटी अफ स्पोर्ट्स न्युट्रिसनमा प्रकाशित छ । 

कफीले शरीरमा अक्सिडेसन बढाएर बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । 
 

salt training

कमेन्ट गर्नुहोस्