
भारतको मुम्बईबाट गोवा गइरहेको एक लग्जरी क्रुजमा ड्रग्स पार्टी भइरहेको थियो । पार्टीमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि रहेको बताइएको छ ।
एनसीबीले अहिले आर्यन खानमाथि अनुसन्धान चलिरहेको छ ।
पार्टीमा संलग्न अन्य ८ जनालाई एनसीबीले पक्राउ गरिसकेको छ ।
एनसीबी मुम्बईका जोनल डाइरेक्टर समीर वानखेडेले आर्यनमाथि अनुसन्धान भइरहेको जानकारी दिएको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।
तर आर्यनलाई अहिलेसम्म गिरफ्तार गरिएको छैन ।
अहिले एनसीबीको टिमले आर्यनको मोबाइल फोन बरामद गरेको छ । यस्तै उसले मोबाइलमा गरिएको विभिन्न च्याट/म्यासेजमाथि अनुसन्धान गरिरहेको छ ।