२६ जेठ २०८३, मंगलबार

बार्सिलोनामाथि एट्लेटिकोको सानदार जित

असोज १७, २०७८
बार्सिलोनामाथि एट्लेटिकोको सानदार जित

उरुग्वेली स्ट्राइकर लुइस स्वारेज चम्एिपछि स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको म्याड्रिडले बार्सिलोनामाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई २–० गोलले स्तब्ध बनायो । जितसँगै एट्लेटिकोले शीर्षस्थानमा रहेको रियल म्याड्रिडलाई भेट्टाएको छ ।

शीर्षटोली रियलले सात खेलबाट १७ अंक बनाएको छ । आठ खेल सकेको एटेलेटिको १७ अंक सहित दोस्रो स्थानमा छ । एट्लेटिकोसँग पराजित बार्सिलोना १२ अंक सहित नवौं स्थानमा छ । जारी लिगमा सात खेल सकेको बार्सिलोनाको यो पहिलो हार हो ।

एट्लेटिकोको जितमा थोमस लोमार र स्वारेजले एक एक गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको खेलमा लेमारले २३औं मिनेटमा स्वारेजको पासमा खाता खोलेका थिए । स्वारेजले ४४औं मिनेटमा लेमारको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

घरेलु टोलीमाथि बल पोसेसनमा दबाब राखेपनि बार्सिलोनाले गोल फर्काउन भने सकेन । ७१ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले दोस्रो हाफमा लगातार पोस्ट प्रहार गरेको थियो । खेलभर नौ वटा पोस्ट प्रहार गरेको बार्सिलोनाको गोल गर्ने प्रयास सफल भएन ।

यता २९ प्रतिशत बल पोसेसन राखेको एट्लेटिकोलाई पहिलो हाफको दुई गोल जितका लागि प्रयाप्त बन्यो । एट्लेटिकोले खेलभर ६ वटा पोस्ट प्रहार गरेको थियो । एट्लेटिकोका थोमस लेमार ‘म्यान अफ दी म्याच’ भए । शनिबार रातिनै भएको अन्य खेलमा ओसासुनाले रायो भालेकानोलाई र मालोर्काले लिभान्तेलाई समान १–० गोलले पराजित गरेको छ । भ्यालेन्सिया र क्याडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्