
नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान शुरू भएको छ ।.
राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरू भएको हो ।
शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन ।
नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिष्पर्धा छ ।
मतदान समय १ बजे सकिए लगत्तै मतगणना शुरू गरिने निर्वाचन समितिले बताएको छ ।
सभापतिका आकाक्षी रञ्जित पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र भिमसेनदास प्रधानको समर्थन रहेका समूहका साझा उम्मेदवार हुन् भने शाक्य प्रकाशमान सिंह र गगनकुमार थापा समूहको साझा उम्मेदवार हुन् ।