०१ असार २०८३, सोमबार

सापटी लिएको रकम नदिएको झोंकमा अर्काकी श्रीमती उठाएपछि...

सापटी लिएको रकम नदिएको झोंकमा अर्काकी श्रीमती उठाएपछि...
sketch: indiatimes

आफूले सापटी लिएको रकम नदिएको झोंकमा एक जनाले अर्काकी श्रीमती उठाएका छन् । 

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए । 

आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्‍याएका थिए । त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ । 

बन्धक बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्