२९ जेठ २०८३, शुक्रबार

ल्याटीन एबीएस सर्भिस सेन्टरमा मेगा बैंकका खातावालालाई ३० प्रतिशत छुटसहितको सेवा

ल्याटीन एबीएस सर्भिस सेन्टरमा मेगा बैंकका खातावालालाई ३० प्रतिशत छुटसहितको सेवा

पछिल्लो समय नेपालमा दुईपांग्रे सवारी साधन निकै लोकप्रिय बन्दै गएको छ ।

प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो ।

यस्तै ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरूका लागि ३० प्रतिशत छुटसहितको सेवा शुरू गरेको छ ।

कम्पनीले मेगा बैंकका खातावाला तथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्ट्स्मा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटसहितको सेवा उपलब्ध गराउने छ । 

कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो । 

कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्