२९ असार २०८३, सोमबार

दिदी बहिनी कृषक समूहलाई हिमालयन बैंकले दियो फोटोकपी सहितको एक थान प्रिन्टर मसिन

दिदी बहिनी कृषक समूहलाई हिमालयन बैंकले दियो फोटोकपी सहितको एक थान प्रिन्टर मसिन

हिमालयन बैंक लिमिटेडले उदयपुर चौडण्डीगढीको  कटरवोटेमा रहेको ‘दिदी बहिनी कृषक समूह’लाई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ । 

बैंकका महाप्रबन्धक अनुप मास्केले समूहका सचिव  डा. निर्मला थापालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।  

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सामाग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

सो संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थुप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । 

तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छाप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समुहको आवेदन अनुसार  दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्