०२ असार २०८३, मंगलबार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्झायो सामुदायिक विद्यालय कर्मचारीको उमेर हद

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्झायो सामुदायिक विद्यालय कर्मचारीको उमेर हद

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष भएकाले सोहीअनुसार व्यवस्था गर्न निर्देशन दिएको छ । 

केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै सो बमोजिम व्यवस्था गर्न निर्देशन दिएको हो । 

२०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णयले ‘विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० वर्ष हुन र सो को निर्देशन सबै क्षे.शि.नि तथा जि.शि.का. मा दिन,’ निर्देशन दिएको थियो । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले पहिले पनि ६० वर्ष नै भएको तर, विभिन्न समस्या आएपछि अहिले फेरि परिपत्र गर्नुपरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्