२३ असार २०८३, मंगलबार

ओलीको दाबी– एमालेलाई सत्ताच्युत गर्न दुनियाँ नै लाग्नुपर्‍यो !

ओलीको दाबी– एमालेलाई सत्ताच्युत गर्न दुनियाँ नै लाग्नुपर्‍यो !
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुनियाँ नै लागेर आफूलाई सत्ताबाट हटाएको बताएका छन् ।

विश्वमा कम्युनिस्ट आन्दोलन सिध्दियो, मार्क्सवाद सकियो भनिरहेका बेला एमाले कति बलियो छ भन्ने तर्क प्रस्तुत गर्न ओलीले सो उदाहरण पेश गरेका हुन् ।

'दुनियाँबाट कम्युनिस्ट सिध्दियो, मार्क्सवाद सकियो भनेर अनेक कुरा आयो, कसैले इतिहासको अन्त्य भने,' ओलीले भने, 'त्यस्तो अवस्थामा नेकपा एमालेलाई सरकारबाट ढाल्न दुनियाँ लाग्नुपर्‍यो ।'

उनले आफूहरूलाई नयाँ उचाइ हासिल गर्न तयारी गर्ने उचित मौका मिलेको दाबी समेत गरे ।

'लडाईंमा कुस्ती खेल्दा अलिकति लागेन भने भविष्यका लागि राम्रो तयारी गर्न सकिन्न,' ओलीले भने, 'हामीलाई मौका मिलेको छ, उपयुक्त तयारी गर्न र नयाँ सफलताका लागि अगाडि बढ्न ।'

उनले एमालेमाथि चारैतिरबाट वाण र क्षेप्यास्त्र प्रहार भएको पनि बनाए ।

वाणलाई वाणले र क्षेप्यास्त्रलाई ड्रोनले ध्वस्त पार्दै आफूहरू अगाडि बढेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्