
जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र २ कांस्य पदक जितेको छ ।
प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए ।
मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेर समूहमा स्वर्ण जितेका हुन् । मन्डेकाजी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् ।
सागकै कांस्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ किलोमुनि कांस्य तथा ३० वर्षमाथि स्वर्ण जिते ।
त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनियर एकल कातामा कांस्य तथा आफ्नो उमेर समूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले जनाएका छन् ।
अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको बताइएको छ ।