
बैतडीमा दैनिकरूपमा ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका छन् । जिल्ला अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक-दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
अस्पतालका सूचना अधिकारी पन्तका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा सङ्क्रमण देखिसकेको छ ।
जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रबटाइफस देखिने गरेको छ । त्यसमध्येबाट पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए ।
बर्सातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।