
नेपाली कांग्रेस संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन् ।
शनिवार भएको जिल्ला अधिवेशनबाट खड्काले एक हजार १९८ मत ल्याएर सभापतिमा जित हासिल गरेका हुन् । उनी संस्थापन इतर समूहका नेता हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राइमान राईले ११० मत मात्रै ल्याएका थिए । एक हजार ३५२ मत खसेको थियो ।
उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित भए । सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भएका छन् ।