०२ असार २०८३, मंगलबार

अमेरिका : यात्रुवाहक विमानमा चरा ठोकिएपछि लाग्यो आगो (भिडियो)

असोज १८, २०७८
अमेरिका : यात्रुवाहक विमानमा चरा ठोकिएपछि लाग्यो आगो (भिडियो)

अमेरिकाको एट्लान्टिक सिटी अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमानको इन्जिनमा चरा ठोकिएपछि इन्जिमा आगो लागेको छ । घटना शनिवार भएको हो ।  

स्पिरिट एयरलाइन्सको फ्लाइट ३०४४ विमानस्थलबाट फोर्ट लाउडरडेल–हलिउड अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जान खोज्दै गर्दा अपराह्न पौने ६ बजे चरा दाहिनेतर्फको इन्जिनमा ठोकिएको थियो । 

घटनामा कसैलाई पनि चोटपटक लागेको थियो । 

इन्जिनमा आगो लागेपछि टेकअफ रोकिएको थियो । यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालेर टर्मिनल पुर्‍याइएको थियो । 

एफएएले घटनाको अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्