बेलायतमा हिजोआज पेट्रोलियम पदार्थको चरम अभाव छ ।
पेट्रोल डीजेलको आपूर्ति नभएकाले त्यहाँ लुटपाट समेत मच्चिएको छ ।
यसैबीच तेलको ट्यांकरबाट तेल लुट्नका लागि कम्तीमा २० वटा कारहरूले निकै टाढासम्म लखेटेको खबर आएको छ ।
ट्यांकरमा तेल छ होला भन्ने आशामा कारचालकहरूले पछ्याएको भए पनि वास्तवमा त्यसमा सिमेन्ट थियो ।
बिलस्टन, वुल्वरह्याम्पटन र नर्दम्प्टनशायरमा कारचालकहरूले ७० माइलसम्म ट्यांकरलाई पछ्याएका थिए । ट्यांकर निर्माणस्थलमा पुगेर रोकिएपछि कारचालकहरू ट्यांकर चलाउनेसँग बेस्सरी रिसाए । पहिले नै यसमा सिमेन्ट छ भन्देको भए हामी पछ्याउँदैनथियौं नि भनी उनीहरूले झपारे ।
बेलायतमा तेलको सहज आपूर्तिका लागि सेना तैनाथ गरिएको छ ।
एक सयजना चालकसहित लगभग २०० जना सैनिकको दस्तालाई तेल संकट हटाउनका लागि परिचालन गरिएको छ ।