०४ असार २०८३, बिहीबार

कैलालीमा ७ फरार अभियुक्त पक्राउ

कैलालीमा ७ फरार अभियुक्त पक्राउ

विभिन्न मुद्दाका ७ जना फरार अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीबाट जबर्जस्ती करणी कसूरमा ३ वर्ष ११ महिना ५ दिन कैद सजाय ठहर भएका कैलारी गाउँपालिका-१ बस्ने बिनोद चौधरी, जबर्जस्ती करणीको कसूरमा ३ वर्ष कैद सजाय ठहर भएका बर्दगोरिया गाउँपालिका-६ बस्ने २२ वर्षीय अशोक चौधरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-१ बस्ने शत्रुजित जोशी रहेका छन् । उनीहरूलाई जिल्ला अदालत कैलाली पेश गरिएको छ ।

यसै गरी वन मुद्दाका फरार प्रतिवादीहरू धनगढी उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय २ जना किशोर, २९ वर्षीय कृष्ण राना र ३० वर्षीय बब्लु रानालाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्