०४ असार २०८३, बिहीबार

दशैंको मुखमा काठमाडौंबाट २०७ पाकेटमार पक्राउ, पीडितलाई 'रामे' भन्थे !

दशैंको मुखमा काठमाडौंबाट २०७ पाकेटमार पक्राउ, पीडितलाई 'रामे' भन्थे !

काठमाडौं प्रहरी परिसरले २०७ जना पाकेटमारहरूलाई पक्राउ गरेको छ । 

सार्वजनिक सवारीसाधनमा यात्रुहरू, किनमेल गर्न गएका सर्वसाधारणहरूको नगद, मोबाइल, गरगहना चोर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । भदौ २५ देखि असोज १५ सम्म पक्राउ परेकामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको, ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कारागार चलान भएको प्रहरी परिसरले जनाएको छ । 

प्रहरीका अनुसार पाकेटमारहरूले सांकेतिक भाषा प्रयोग गर्ने गर्थे । जसअनुसार प्रहरीलाई ‘ठूल्दाइ’, पीडितलाई ‘रामे’, पाकेटमारलाई मास्टर वा काशी भन्ने गरेको प्रहरीले जनाएको छ । 

उनीहरूले २–६ जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाई पछाडिबाट घेराबन्दी गर्दै ठेलमठेल गर्दै मोबाइल, नगद, सुनचाँदी पाकेट मारेर पालैपालो ओर्लने गरेको देखिएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्