१५ असार २०८३, सोमबार

भिडियो कलबाटै एनएमबी बैंकको खाता खोल्न सकिने

भिडियो कलबाटै एनएमबी बैंकको खाता खोल्न सकिने

भिडियो कलबाटै एनएमबी बैंकको खाता खोल्न सकिने भएको छ । एनएमबी बैंकले भिडियो केवाईसी प्रणाली लागू गरेको छ । 

एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

यो नेपाली बैंकिङ क्षेत्रकै पहिलो हो । 

ग्राहकहरूले एनएमबीमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि भीकेवाईसीको डिजिटल लिंकमा जानुपर्छ ।

‘एनएमबीले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन् । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरणमैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्