०३ साउन २०८३, आइतबार

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ३ अर्ब ६२ करोड मात्रै

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ३ अर्ब ६२ करोड मात्रै

सोमवार पनि शेयर बजारमा गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ६ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ७० दशमलव ८१ विन्दुमा पुगेको छ ।

सोमवार २ सय २७ वटा कम्पनीका ७६ लाख ५३ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज होटल, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको शेयर बढे पनि अरू सबै समूहको शेयर घटेको छ ।

जलविद्युत् समूहको शेयर ६५ अङ्कले, फाइनान्सको ५२, विकास बैंक समूहको ८६ र व्यापार समूहको शेयर २० अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ ।

सबै बजार घटेपनि आशा लघुवित्त, सपोर्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्