
बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका १ शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।
गत हप्ता १ विद्यार्थी र १ शिक्षकमा कोरोना देखिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो । यससँगै विद्यालयमा १ शिक्षक र २ विद्यार्थीमा संक्रमण देखिएको छ ।
पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार संक्रमण पुष्टि भएका शिक्षक र विद्यार्थी होम आइसोलेसनमा बसिरहेका छन् । उनले भने, ‘संक्रमितको स्वास्थ्य अवस्था जटिल छैन, उनीहरू सबै होम आइसोलेसनमा बसिरहेका छन् ।’
संक्रमण देखिएपछि अन्य शिक्षक र विद्यार्थीको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा १०६ जनाको स्वाब संकलन गरिएकामा ७५ जनाको रिपोर्ट आएको छ ।
शिक्षक विद्यार्थीमा कोरोना देखिएपनि विद्यालय भने नियमित रूपमा सञ्चालनमा रहेको छ । स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गरिएकोे विद्यालयले जनाएको छ ।