०३ साउन २०८३, आइतबार

माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दाको फैसला कात्तिक १५ गते सुनाइने

माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दाको फैसला कात्तिक १५ गते सुनाइने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दाको फैसला कात्तिक १५ गते सुनाइने भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा भएको सुनुवाइपछि निर्णय सुनाउने मिति तोकिएको हो । 

यस्तै कात्तिक १० गते सम्म दुवै पक्षका कानून व्यवसायीहरूले आफ्नो बहस नोट पेस गर्न समेत आदेश गरिएको छ ।

अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई विपक्षी बनाई उक्त जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउनु पर्ने भन्दै रिट निवेदन दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्