×

NMB BANK
NIC ASIA

फिलिपिन्सका राष्ट्रपतिद्वारा संन्यासको घोषणा

फिलिपिन्सका डुटेर्टेद्वारा राजनीतिबाट संन्यास: जोकर छवि बन्दा पनि जनतामा कसरी भए लोकप्रिय ?

असोज १८, २०७८

NTC
Premier Steels

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिने घोषणा गरेसँगै उक्त देशमा लोकरञ्जनवादी राजनीतिको एक अध्याय समाप्त हुन लागेको छ । सन् २०२२ को मध्यसम्म डुटेर्टेको कार्यकाल छ ।

Muktinath Bank

फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई ६ वर्षको राष्ट्रपतीय कार्यकाल चलाएपछि दोस्रोपटकका लागि उम्मेदवार बन्न रोक लगाएको छ । तर सत्तामा रहनका लागि डुटेर्टेले त्यसलाई छल्न प्रयास गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्ना भरपर्दा सहयोगी सांसद क्रिस्टोफर बोङ गोलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन लगाउने अनि आफूले उपराष्ट्रपति पदमा लड्ने योजना बनाएका थिए । गो राष्ट्रपति बनेलगत्तै उनलाई राजीनामा दिन लगाउने अनि उपराष्ट्रपति पदबाट बढुवा भएर राष्ट्रपति बन्ने उनको योजना थियो । 


Advertisment
Nabil box
Kumari

तर फिलिपिनो जनताले उनको योजना संविधानको मर्मविपरीत रहेको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसलाई आत्मसात गर्दै डुटेर्टेले गोलाई उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन लगाएर आफ्नी छोरी सारा डुटेर्टे–कार्पियोलाई राष्ट्रपति पदमा उठाउनका लागि प्रयास गरिरहेका छन् ।

Vianet communication

सारा अहिले डाभाओ शहरकी मेयर छिन् र नयाँ कार्यकालका लागि उनले पुनः उम्मेदवारी दिएकी छन् । तर उनलाई मेयर भन्दा पनि राष्ट्रपति पदमै उम्मेदवारी दिन डुटेर्टेले फकाइरहेका छन् । नोभेम्बर १५ सम्ममा उम्मेदवारीको टुंगो लगाउनुपर्ने हुन्छ ।

सन् २०१६ मा राष्ट्रपति बनेका डुटेर्टेले देशमा लागूऔषध कारोबार गर्नेहरूका विरुद्ध कठोर दमनको सिलसिला चलाएका थिए । उक्त दमनका क्रममा व्यापक मात्रामा गैरन्यायिक हत्या गरिएको आरोप उनीविरुद्ध लागेको छ ।

आफूमाथि लागेका गैरन्यायिक हत्या तथा अन्य विभिन्न दमनको छानबिन रोक्नका लागि डुटेर्टेले सहयोगी तथा छोरीलाई राष्ट्रपति बनाउन प्रपञ्च गरेको आलोचकहरूको मत छ । उनले आफ्नो कार्यकालभरि प्रहरीलाई गैरन्यायिक हत्याका लागि खुला छुट दिएका थिए र आलोचकहरूले उनलाई यसका लागि अभियोजन गर्नुपर्ने बताउँदै आएका छन् ।  

तर देशमा अपराध र भ्रष्टाचारलाई निर्मूल गर्ने भनी निर्वाचनमा गरेको प्रतिज्ञालाई जनताले पत्याएकाले डुटेर्टेले सन् २०१६ मा प्रचण्ड बहुमतका साथ चुनाव जितेका हुन् । जनतालाई गरेको प्रतिज्ञा पूरा गर्न उनले गैरन्यायिक उपाय समेत अपनाएका हुन् । 

राष्ट्रपति बन्नुअघि डाभाओ शहरको मेयर छँदा र त्यसअघि सरकारी वकिलका रूपमा काम गर्दा पनि डुटेर्टेले लागूपदार्थ कारोबार गर्नेहरूविरुद्ध कठोर कदम चालेका थिए ।

सन् २०१६ मा लागूपदार्थविरुद्धको युद्धको घोषणा गरेका डुटेर्टेको शासनकालमा आठ हजारभन्दा बढी व्यक्तिको हत्या गरिएको मानवअधिकार संगठनहरूले दाबी गरेका छन् । कतिपयले यो संख्या १२ हजारभन्दा बढी भएको पनि बताएका छन् । सरकारी आँकडाअनुुसार, अप्रिल महिनासम्म यस लडाइँमा ६ हजार ११७ जनाले ज्यान गुमाएका छन् ।

डाभाओ शहरको मेयर हुँदा आफूले मोटरसाइकलमा चढेर गोली चलाउँदै लागूपदार्थ बेच्नेहरूको हत्या गरेको डुटेर्टेले स्वीकार गरेका थिए । राजधानी मनिलामा वालेस बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा उनले उक्त घोषणा गरेका थिए । उनको कठोर शासनका कारण डाभाओ फिलिपिन्सकै सबभन्दा सुरक्षित शहर बनेको बताइन्छ ।

डुटेर्टेले खुलमखुला मानवअधिकार उल्लंघनको घमण्ड गर्ने गरेका थिए । अनि उनले महिलाका विरुद्ध लैंगिक विभेद हुने किसिमका टिप्पणी पनि गर्ने गरेका थिए । सन् २०१८ मा उनले कम्युनिस्ट विद्रोही महिलाहरूको योनिमा गोली प्रहार गर्न सैनिकहरूलाई आदेश दिने भन्दै मजाक गरेका थिए । 

आफ्ना कैयौं प्रेमिका भएको भन्दै फुर्ती लगाउने डुटेर्टेले विदेशी महिलाको गन्ध मन नपर्ने अनि फिलिपिनो महिलाको सुगन्ध आउने भएकाले आफू आकर्षित हुने भनी टिप्पणी गरेका थिए । अनि देशका नारीवादी अभियन्ताहरूलाई चिढ्याउनका लागि उनले दक्षिण कोरियाको भ्रमणका क्रममा एक प्रवासी फिलिपिनो महिला कामदारलाई मञ्चमै बोलाएर ओठ चुमेका थिए । 

त्यसबाहेक उनले विदेशी गण्यमान्यहरूका विरुद्ध पनि अमर्यादित बयान दिने गरेका थिए । उनले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान की–मूनलाई मूर्ख भनेका थिए किनकि राष्ट्रसंघले लागूपदार्थविरुद्ध उनको युद्धको आलोचना गरेको थियो । उनले फिलिपिन्सलाई राष्ट्रसंघबाट हटाउने चेतावनी समेत दिएका थिए । 

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई उनले वेश्याको छोरो भनेपछि ओबामाले रिसाएर उनीसँगको भेटवार्ता नै रद्द गरेका थिए । उनले भ्याटिकनका पोपलाई समेत त्यस्तै किसिमको अमर्यादित भाषा उपयोग गरेका थिए अनि भगवान् मूर्ख भएको भनी टिप्पणी गरेका थिए । 

यत्ति धेरै हर्कत गरेको भए पनि डुटेर्टे बहुमत फिलिपिनोहरूमाझ लोकप्रिय रहिरहे । अपराधलाई नियन्त्रण गर्न सफल भएकाले अनि आवश्यक काम सम्पन्न गर्न तदारुकता देखाउने र विदेशीहरूसामु नझुक्ने भएकाले उनलाई फिलिपिनो जनताले समर्थन गरेका हुन् । 

उनको कार्यकाल आधाउधी हुँदा भएको मध्यावधि निर्वाचनमा उनको पक्षमा लगभग ८० प्रतिशत मत खसेको थियो । त्यसले उनको कामगराइलाई भारी समर्थन गरेको थियो ।

डुटेर्टेको लोकप्रियतामा क्षेत्रीयताले पनि काम गरेको विश्लेषकहरूको मत छ । फिलिपिन्सको इतिहासमा डुटेर्टेअघि देशको दक्षिणी भागबाट यति सशक्त राष्ट्रपति बनेको थिएन । 

फिलिपिन्सको राजनीतिमा अभिजात वर्गकै हालीमुहाली थियो । डुटेर्टेअघिका राष्ट्रपतिहरू ग्लोरिया माकापागल अरोयो र बेनिग्नो अक्विनो तेस्रा पूर्व राष्ट्रपतिहरूका सन्तान थिए । 

अभिजात वर्गले मनिला तथा क्वेजोन जस्ता शहरी क्षेत्रलाई मात्र ध्यान दिने गरेकाले अन्य क्षेत्र उपेक्षित थिए । विशेषगरी दक्षिणी क्षेत्रका मानिसहरू मनिलाका अभिजात वर्गसँग रुष्ट थिए । त्यसैले दक्षिणका सशक्त राजनीतिकर्मी शक्तिमा आउँदा उनीहरू हर्षविभोर हुँदै उनीप्रति कट्टर समर्थन गरिरहे । अनि अपराध र सामाजिक विचलनबाट वाक्कदिक्क भएका अन्य क्षेत्रका मानिसले पनि कठोर शासनशैली भएका डुटेर्टेलाई मन पराएका हुन् ।

आफूलाई समाजवादी र सुधारवादी भन्ने डुटेर्टेले देशको केन्द्रीकृत एकात्मक प्रणालीबाट संघीय प्रणालीमा लैजाने र सबै क्षेत्रमा सम्पत्तिको समान वितरण गराउने प्रतिज्ञा गरेका छन् । तर उनी यसमा सफल हुन सकेका छैनन् । 

तर दक्षिणका उपेक्षित क्षेत्रहरूको आकांक्षालाई उनले राष्ट्रिय मञ्चमा ल्याउन भने सफलता पाएका छन् । सन् २०१९ मा भएको संसदीय निर्वाचनमा उनको दलले बहुमत ल्याएपछि उनलाई राज्यव्यवस्थामा परिवर्तनका लागि अघि बढ्न केही सहज भएको छ । 

डुटेर्टेले अपनाएको परराष्ट्रनीतिको कुरा गर्दा त्यसमा स्पष्टता देखिएको छैन । फिलिपिन्सको भूराजनीतिमा अमेरिका र चीनले प्रभाव जमाउने कोशिश गरिरहेका हुन्छन् । 

दक्षिण चीन सागरमा चीनसँगको विवादमा अन्तर्राष्ट्रिय न्यायाधिकरणले फिलिपिन्सको पक्षमा फैसला दिएको भए पनि चीनले त्यसलाई अस्वीकार गर्दा डुटेर्टे शुरूमा चीनसँग रिसाएर अमेरिकाको पक्षमा लागेका थिए । 

तर पछि गएर उनले फिलिपिन्सलाई उपनिवेश बनाएको अमेरिकालाई पन्छाउँदै चीन र रुससँग सम्बन्ध प्रगाढ बनाउन थालेका थिए । मानवअधिकारको विषयमा अमेरिका र पश्चिमी मुलुकहरूले टोकसो गरिरहने भएकाले पनि उनी चीन र रुसतर्फ ढल्केका हुन् । 

गत अगस्ट २७ मा डुटेर्टे र चीनका राष्ट्रपति सी चिनपिङबीच भिडियो वार्ता भएको थियो । त्यसपछि चीनले फिलिपिन्समा थप लगानी गर्ने र अहिलेको भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

फिलिपिन्सको रेलवे तथा अन्य परियोजनामा चीनले अर्बौं डलर लगानी गर्ने भनेको छ । यसबाहेक समुद्रमुनिको तेल उत्खननका लागि चीनले सहयोग गरेको छ । अनि चीनले कोभिड–१९ विरुद्धको खोप पनि उदारतापूर्वक फिलिपिन्सलाई उपलब्ध गराएको छ । 

त्यस्तै फिलिपिन्सको सुदूर दक्षिणी क्षेत्रमा रहेका मुसलमान विद्रोहीहरूसँग लड्नका लागि चीनले फिलिपिनो सेनालाई हातहतियार उपलब्ध गराएको छ । यसरी फिलिपिन्सलाई आफ्नो पोल्टामा पार्नका लागि चीन लागिपरेको छ ।

अमेरिकाले चीनको घेराबन्दी गर्नका लागि फिलिपिन्सलाई पनि उपयोग गर्न चाहिरहेको सन्दर्भमा डुटेर्टेले अमेरिकासँगको सैन्य सहमति अर्थात् भिजिटिङ फोर्सेस अग्रीमेन्टलाई धेरैपटक रोकेका थिए । अन्ततोगत्वा जुलाई महिनामा उनले त्यसलाई पुनर्बहाली गरेका छन् । उक्त सहमति कायम राख्नका लागि अमेरिकाले फिलिपिन्सलाई मोटो रकम चुकाउनुपर्ने डुटेर्टेको कथन छ । 

चीन र अमेरिकाको प्रतिस्पर्धामा दुवैतिरबाट लाभ लिने व्यवहारिक नीति डुटेर्टेले अपनाउन खोजेको देखिन्छ । 

डुटेर्टेको कार्यकाल सकिएपछि फिलिपिन्समा पहिलेको जस्तो वंशीय राजनीति कायम रहन सक्ने देखिएको छ । उनकी छोरी सारा शायद राष्ट्रपति बन्न सक्छिन् । साराले डाभाओमा मेयरको कार्यकाल सफलतापूर्वक चलाएर आफूलाई स्थापित गरिसकेकी छन् । तर रोड्रिगो डुटेर्टेको जस्तो लोकरञ्जनवादी राजनीति उनीपछिका राष्ट्रपतिहरूले नगर्न सक्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x