०४ असार २०८३, बिहीबार

लगानी र व्यावसायिक वातावरण भएको नगरमा बुटवल पहिलो

लगानी र व्यावसायिक वातावरण भएको नगरमा बुटवल पहिलो

लगानी र व्यावसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर पहिलो भएको छ । व्यावसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवललाई उत्कृष्ट स्थान प्राप्त भएको हो । 

जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरूमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टिम लिडर दिप्ती खकुरेलले बताइन् । 

स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यामशीलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाई सर्वेक्षण गरिएको जीआईजेडले जनाएको छ । 

यस्तै करको दायरा वृद्धि गरी आन्तरिक आम्दानी बढाएको बुटवल उपमहानगरपालिकाले कर छुटका विभिन्न व्यवस्था ल्याएपछि करदाताहरू लाभान्वित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्