२७ असार २०८३, शनिबार

कोरोना अपडेट : थपिए १०३० संक्रमित, १० जनाको मृत्यु

कोरोना अपडेट : थपिए १०३० संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८७४ नमूना परीक्षणमध्ये ८१२ पीसीआर र २१८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १७४ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ७० हजार २२४ पुगेको छ । 

हाल मुलुकभर १६ हजार ६०६ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्