३१ जेठ २०८३, आइतबार

लागूऔषधसहित ३ जना पक्राउ

असोज १८, २०७८
लागूऔषधसहित ३ जना पक्राउ

संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट १ ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट १ ग्राम ६५ मिलिग्राम अफिम र गुरुङको साथबाट ९४० मिलिग्राम अफिम प्रहरी निरीक्षक अधिकारीले बताए । पक्राउ परेकामाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरूलाई गत शनिवार नै पक्राउ गरेको भए पनि सोमवार मात्रै सार्वजनिक छ ।

प्रहरीले गत साउनमा अफिमसहित खाँदवारी–७ का जय चापागाईं पक्राउ गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्